बढ्यो सेयर बजार
काठमाडौं । आज पनि सेयर बजार बढेको छ। आज नेप्से २.८१ अकंले बढेर २७०२.८६ बिन्दुमा पुगेर रोकिएको हो।
साताको पाँचौ दिन बिहीबार ३२४ कम्पनीको १ करोड ५५ लाख २ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ८४ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।
जसअनुसार आज ९३ कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको सेयर मूल्य भने घट्न पुगेको छ। बुधबारदेखि वृद्धि हुन थालेको सेयर बजार बिहीबार पनि वृद्धि भएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment