तेस्रो दिन पनि शिक्षक आन्दोलन जारी
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकले शुक्रबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।
सवै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दा समेटेर विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले काठमाडौंको माइतीघर बबरमहल क्षेत्रमा प्रदर्शन गरेका हुन्।
बुधबारबाट अनिश्चितकालीन काठमाडौं केन्द्रीत सडक आन्दोलन सुरु गरेको महासंघले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्।
सदनको हिउँदे अधिवेशनबाट पनि विद्यालय शिक्षा विधेयक अघि बढ्न नसकेपछि महासंघले अनिश्चितकालीन काठमाडौं केन्द्रीत सडक आन्दोलन सुरु गरेको हो।
यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने महासंघको माग छ। महासंघले आफ्ना माग पूरा नभएसम्म शिक्षक विद्यालय नफर्कने चेतावनी दिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment