डुम्रे–बेँसीसहर सडकमा बस पल्टिँदा बीस यात्रु घाइते, चारको अवस्था गम्भीर

डिसी नेपाल
२२ चैत २०८१ १९:१९
320
Shares

तनहुँ। जिल्लाको डुम्रे–बेँसीसहर सडकखण्डमा आज बस पल्टिँदा २० जना यात्रु भएका छन्।

डुम्रे बजारदेखि लमजुङ बेँसीसहरतर्फ जाँदै गरेको ग१ख ६४९८ नम्बरको बस भानु नगरपालिका–१ मोहरिया अनियन्त्रित भई पल्टिएको हो।

प्रहरीका अनुसार घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेका छन्। उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। अन्य बाँकी सोह्र जनाको डुम्रेस्थित लक्ष्मी अस्पताल र मोती मेडिकलमा उपचार भइरहेको छ। घटनापछि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।

‘गाडी साहु र चालकको खोजी भइरहेको छ’, उनले भने, ‘कालिका बस व्यवसायी समितिबाट सञ्चालित बस भएको पुष्टि भएको छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *