गण्डकी प्रदेश लोक साहित्य र संस्कृतिको उर्वरभूमि : मन्त्री गुरुङ
कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश लोक साहित्य, संस्कृति र लोक नृत्यको उर्वरभूमि रहेको बताएका छन्। उनले समाज रुपान्तरणका लागि गीत सङ्गीत शक्तिशाली रहेको बताए।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा पोखरा सभागृहमा आज वरिष्ठ लोकगायक पुरुषोत्तम न्यौपानेको साङ्गीतिक साँझको शुभारम्भ गर्दै उहाँले नेपालको लोक साहित्यमा गण्डकी प्रदेश र यहाँका कलाकारको योगदानलाई सदैव जीवित राख्नुपर्नेमा जोड दिए।
‘गण्डकी प्रदेशले नेपालको लोक साहित्य र सङ्गीतका क्षेत्रमा गरेको योगदानको सन्देश सधैँ दिनुपर्छ । गण्डकी लोक साहित्य र नृत्यको उर्वरभूमि हो, यो अहिले पनि जीवित छ’, सञ्चारमन्त्री गुरुङले भने।
गीत गाउने, नाच्ने तथा रमाउनेजस्ता स्वतन्त्रता लोकतन्त्र र गणतन्त्रका कारण सम्भव भएको बताउँदै उहाँले सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थामा मात्र स्वतन्त्रताको उपभोग सम्भव रहने बताए।
उनले भने, ‘स्वतन्त्रताबिना नेपाली समाज समृद्ध बन्न सक्दैन । मानिस गीत–सङ्गीतले खुसी हुन्छ । गीत–सङ्गीतको अधिकार लोकतन्त्रको कारण सम्भव भएको हो।’
लोकदोहोरी गायक तथा सर्जक न्यौपानेका ‘सरर पानीघट्टामा’, ‘ऐना हेरेर’, ‘रुन्छ नि मन किन रुँदैन’जस्ता दर्जनौँ गीत चर्चित छन्। साढे तीन दशकदेखि निरन्तर नेपाली लोकसङ्गीतमा रहनुभएका न्यौपानेका हजार बढी गीत रेकर्डेड छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment