रविले भने- अहिले नै गिरफ्तारी दिँदैछु, ममाथि अन्याय भएको छ

डिसी नेपाल
२२ चैत २०८१ २१:२०
644
Shares

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफूले उच्च अदालतको आदेशको सम्मान गर्दै अहिले नै गिरफ्तारी दिने बताएका छन्।

उनले सामाजिक संजालमार्फत अहिले नै गिरफ्तारी दिने भन्दै आफूमाथि ठूलो अन्याय भएको बताएका छन्। ‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिँदैछु। साथै न्यायालयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै,’ उनले लेखेका छन, ‘न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु। म माथि ठुलो अन्याय भएको छ।’

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश दिएसँगै प्रहरी उनलाई पक्राउ गर्न घरमा पुगेको छ। अदालतले सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *