सरकारसँग वार्तामा नबस्ने शिक्षक महासंघको अडान कायमै

डिसी नेपाल
२३ चैत २०८१ १०:२६
180
Shares

काठमाडौं । शिक्षक महासंघले यथास्थितिमा सरकारले बोलएको वार्तामा नजाने अडान कायमै राखेको छ।

बिहीबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले शुक्रबार वार्तामा आउन शिक्षक महासंघलाई आह्वान गरे पनि महासंघले माग पूराको ग्यारेन्टी नहुँदासम्म वार्तामा नबस्ने अडान राखेको हो।

शुक्रबार सरकारी टोली शिक्षकलाई कुरेर सिंहदरबारमा बसेकोमा महासंघका पदाधिकारी नगएपछि सरकारले दोस्रो पटक वार्तामा बोलाएको हो।
‘हामी वार्तामा जादैनौं। सरकारले अध्यादेशबाट निकास दिन सक्छ,’ महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने।

ऐन बन्ने स्थिति भएमा ऐनभित्रको विषयवस्तुमा छलफल गर्न भने सकिने उनले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *