लागूऔषध ९४ हजार ट्याब्लेट ट्रामाडोसहित चार भारतीय पक्राउ
काठमाडौं । ललितपुरको भट्टेडाँडाबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित चार भारतीयलाई पक्राउ गरेको छ।
शनिबार मकवानपुरबाट एम्बुलेन्समा लुकाएर उपत्यकातर्फ ल्याउँदै गरेको लागूऔषधसहित चार जना भारतीय नागरिक पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा २० वर्षीय समीर आलम, ३३ वर्षीय मोहम्मद मुन्ना अन्सारी, ४५ वर्षीय नोर्जान खातुन र २२ वर्षीय एम्बुलेन्स चालक मोहम्मद उमर सिद्धिकी रहेका छन्।
एम्बुलेन्समा लुकाएको अवस्थामा ९४ हजार ट्याब्लेट ट्रामाडोल समेथ बरामद गरिएकमो जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान थालिएको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment