देशमा राजतन्त्र ल्याउने ठाउँ नै छैन : बाबुराम भट्टराई

डिसी नेपाल
२३ चैत २०८१ १६:४२
52
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले अहिले देशमा राजतन्त्र ल्याउने ठाउँ नभएको बताएका छन्।

शनिबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले राष्ट्रपति प्रणालीगत र शासकिय सुधार, निर्वाचन प्रणालीमा सुधारहरु गर्न सकिने तर राजा आउने कुरा भ्रम भएको बताएका हुन्।

‘राजतन्त्र ल्याउने ठाउँ नै छैन। धेरै जनाले नबुझी राजतन्त्र आउँछ भन्छन् तर त्यो संभव छैन्। राष्ट्रपति प्रणालीगत र शासकीय सुधार, निर्वाचन प्रणालीमा सुधारलगायत क्षेत्रमा काम गर्न सकिन्छ। त्यसैले राजा आउँछ भनेर भ्रममा नपरौं।’

साथै उनले अहिलेको सापेक्षतालाई हेर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमै जानु उपयुक्त हुने बताए। उनले एउटा कसैले चाहँदैमा राजा नआउने र राजा ल्याउनको लागि हरेका दलभित्र बहस हुनुपर्ने बताए।

उनले भने, ‘विभिन्न दल मिलेर संविधान बनाएको हो। त्यसैले राजा आउने र ल्याउने कुरामा बहस दलभित्रै हुनुपर्छ। दल भनेको त हतियार वा साधन हो नि। धर्म त परिवर्तन हुन्छ भने पार्टी परिवर्तन नहुने हो र ?’उनले अगाडि भने,‘अहिलेको सापेक्षतामा आर्थिक, सामाजिक अवस्था,विविधता, जटिल भूराजनीतिक सबै अवस्थालाई हेर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा नै जानुपर्ने देखिन्छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *