राप्रपाको आन्दोलनलाई जगमान गुरुङको समर्थन
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुन:स्थापनाका लागि गर्ने आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिले समर्थन जनाएको छ। समितिका कार्यवाहक संयोजक जगमान गुरुङले एक विज्ञप्ति जारी गर्दै राप्रपाको आन्दोमा सक्रिय सहभागी हुन अपिल समेत गरेका छन्।
‘उक्त कार्यक्रममा राष्ट्रिय झण्डासहित शान्तिपूर्ण रुपमा सक्रिय सहभागिता जनाइदिनु हुन सबै राष्ट्रवादी देशभक्त नागरिकहरुमा हार्दिक आह्वान समेत गर्दैछौं’, गुरुङको वक्तव्यमा भनिएको छ। राप्रपाले २६ चैतमा राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ।
समितिले यसअघि दुर्गा प्रसाईंले चैत १५ मा आह्वान गरेको जनप्रदर्शनलाई सघाएको थियो। उक्त आन्दोलनमा राप्रपाको पनि समर्थन र सहभागिता रहेको थियो। राजावादी शक्तिहरुले एक-अर्काको आन्दोलनलाई समर्थन र सहयोग गरे पनि सबै एक ठाउँमा आएर एकीकृत आन्दोलन गर्न भने सकेका छैनन्।

No ads found for this position



डिसी नेपाल
Facebook Comment