सुरेश रजकका परिवारसँग भेटेपछि देउवाले भने- तीनकुने घटनाका दोषीलाई छोड्न हुँदैन

डिसी नेपाल
२४ चैत २०८१ १७:३२
632
Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले तीनकुनेमा भएको हिंसात्मक घटनाका दोषीलाई छोड्न नहुने बताएका छन्।

आइतबार तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारसँग भेट गर्दै सभापति देउवाले उक्त घटनाका दोषीलाई कारबाही गर्नुपर्ने भन्दै कसैलाई छाड्न नहुने बताएका हुन्।

सो क्रममा रजकका परिवारले उक्त घटनाको छानबिन नै नभएको दोषी उम्कन सक्ने आशंका व्यक्त गरेका थिए। सभापति देउवाले तीनकुने घटनाको छानबिन गर्नुपर्ने पार्टीको निर्णय रहेको सुनाए।

राजावादीको आन्दोलनमा पार्टी कार्यालयदेखि सरकारी संरचनाका साथै धेरै निजि संरचना ध्वस्त पारेको भन्दै सभापति देउवाले सरकारले घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने उल्लेख गरे। सुरेश रजकका परिवारले सबै मिलेर पीडितलाई न्याय दिने अवस्था बनाउन आग्रह गरेका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *