‘सामूहिक प्रयासबाट विपद् घटाउन सकिन्छ’
दमौली (तनहुँ)। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामूहिक प्रयासबाट विपद् घटाउन सकिने बताएका छन्।
सशस्त्र प्रहरी बल मनकामना गणले बन्दीपुर गाउँपालिका–४ नयाँपुलमा आज आयोजना गरेको विपद् प्रतिकार्य नमूना अभ्यास कार्यक्रममा सरकारको एक्लो प्रयासबाट विपद् घटाउन नसकिने भएकाले त्यसमा सामूहिक प्रयास आवश्यक छ भने।
मुख्यमन्त्री पाण्डेले विपद्का घटना रोक्न नसकिने भए पनि क्षति घटाउनेतर्फ सबै सचेत हुनुपर्ने बताए। विपद्का बेला पहिलो उद्धारकर्ता स्थानीय हुने भएकाले उनीहरुलाई उद्धारसम्बन्धी तालिम दिन आवश्यक भएको बताए।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले विपद्का घटनामा सबैले चनाखो हुनुपर्नेमा जोड दिँदै क्षति कम गर्न हरसम्भव प्रयास गर्नुपर्छ भने।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment