प्रधानमन्त्री ओली आज अर्घाखाँची जाने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज अर्घाखाँची जाने भएका छन्।
अर्घाखाँचीको पाणिनी तपोभूमि सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ।
उनी काठमाडौंबाट हेलिकप्टरमार्फत बिहान साढे ११ बजे पाणिनी जाने कार्यक्रम रहेको छ।
त्यसपछि फर्किएर काठमाडौंमा नेपाल चेम्बर अफ कमर्शको ७४औं वार्षिक साधारणसभाको उद्घाटन गर्नेछन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment