अल्लु अर्जुनको ‘पुष्पाः२’ अब टिभी च्यानलमा पनि हेर्न पाइने
हैदाराबाद। दक्षिण सुपरस्टार अल्लु अर्जुन र रश्मिका मन्डन्नाको ब्लकबस्टर फिल्म ‘पुष्पाः द रुल’ गत वर्ष ५ डिसेम्बर २०२४ मा थिएटरहरूमा रिलिज भएको थियो। लगभग दुई महिना पछि फेब्रुअरी महिनामा फिल्म ओटीटी प्लेटफर्म नेटफ्लेक्समा स्ट्रिम गरिएको थियो।
यसैबिच, खबर आएको छ कि अब ‘पुष्पाः द रुल’ टिभीमा आउने तयारीमा छ । फिल्म अप्रिल महिनामा विभिन्न भाषामा टिभीमा प्रशारण हुनेछन । तर, हिन्दी भाषासहितको ‘पुष्पा २’ को मिति भने घोषणा नभएकाले भारत उत्तरका दर्शकले केही समय कुर्नुपर्ने भएको छ । हामी तपाइलाई थाहा दिनेछौ, हामी फिल्म कहिले र कहाँ हेर्न सक्षम हुनेछौं ?
हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पाः द रुल’ तेलुगु भाषामा आज अर्थात अप्रिल १३ मा साँझ ५ः ३० बजे स्टार माँ च्यानलमा प्रसारण हुनेछ। फिल्म सोही दिन साँझ ६ः३० बजे एसियानेटमा मलयालम भाषामा प्रशारण हुनेछ जबकि कन्नड भाषाको यो चलचित्र कलर्स कन्नडमा साँझ ७ः०० बजे प्रसारण हुने भएको छ ।
‘पुष्पा २’ अर्को दिन अर्थात् १४ अप्रिलमा तमिल भाषामा प्रशारण हुनेछ । दिउँसो ३ः०० बजे स्टार विजयमा हेर्न सक्नुहुन्छ। तर, निर्माताले हिन्दी भाषाको मिति भने अझै घोषणा गरेका छैनन् । अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा २’ को हिन्दी प्रिमियर मिति पनि छिट्टै घोषणा हुने अनुमान गरिएको छ ।
खासमा अल्लु अर्जुनको फिल्म ‘पुष्पाः द रुल’ सन् २०२१ मा रिलिज भएको ‘पुष्पाः द राइज’ को सिक्वेल हो । निर्माताका अनुसार यो फिल्मले विश्वभर १८७१ करोड कमाएको थियो । यो २०२४ को सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । यसको सफलतापछि निर्माताले तेस्रो भाग ‘पुष्पा ३ः द र्याम्पेज’ पनि घोषणा गरेका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment