पहिलो पटक आमिर खान नयाँ प्रेमिकासहित सार्वजनिक कार्यक्रममा
काठमाडौं। आमिर खान भर्खरै नयाँ प्रेमिका गौरी स्प्रेटसँग पहिलो पटक सार्वजनिक रूपमा देखा परेका छन्।
दुवै मकाउ इन्टरनेशनल कमेडी फिल्म फेस्टिभलमा सँगै पुगेका थिए । यस क्रममा आमिर आफ्नी प्रेमिकाको हात समातेको देखिएको थियो।
आमिर खान कालो अजकान र कालो सुनौलोको सल लगाएर फिल्म फेस्टिभलको हिस्सा बनेका छन् । कार्यक्रममा उनकी प्रेमिका गौरी स्प्रेट फ्लोरल साडीमा पुगेकी थिइन् । सार्वजनिक भएको भिडियोमा आमिर खानले रेड कार्पेटमा जम्मा भएका मानिसहरूसँग पोज दिनुअघि आफ्नी प्रेमिकातर्फ हात फैलाएको देख्न सकिन्छ ।
गौरीले आमिरको हात समातिन् र दुवैले पापाराजीको लागि उत्कृष्ट पोज दिए । पापाराजीको लागि पोज दिंदा आमिर खानले पुरै समय गौरीको हात समातेका थिए। उता गौरीले आमिरलाई निरन्तर हेरिरहेकी थिइन् ।
मकाउ इन्टरनेशनल कमेडी फिल्म फेस्टिभल हालै चीनको मकाउमा आयोजना गरिएको थियो, जहाँ आमिर खानलाई ‘मास्टर ह्युमर अवार्ड’ बाट सम्मानित गरिएको थियो ।
गत मार्च १४ मा आमिर खानले मिडियासँग आफ्नो ६० औं जन्मदिन मनाएका थिए । यसै क्रममा उनले गौरीलाई मिडियासँग परिचय गराए र उनीसँगको सम्बन्धलाई आधिकारिकको रूपमा घोषणा गरे । तर, त्यस समयमा आमिरले मिडियालाई गौरीको तस्विर क्लिक नगर्न आग्रह गरेका थिए । र, आमिरले १२ मार्चमा आफ्नो घरमा प्रि बर्थडे पार्टी आयोजना गरेका थिए, जहाँ उनले गौरीलाई सलमान खान र शाहरुख खानसँग पनि परिचय गराएको बताएका थिए ।
खासमा बैंगलोरकी गौरी स्प्रेटले आमिर खानको प्रोडक्सनमा काम गर्छिन् र सैलुन व्यवसाय पनि चलाउँछिन्। उनी र आमिर विगत २५ वर्षदेखि एकअर्कालाई चिन्दै आएका थिए तर डेढ वर्षअघि अभिनेताका काकाले उनीहरुलाई गहिरो परिचय गराएपछि उनीहरुको निकटता बढेको थियो । गौरी स्प्रेटको पहिलो विवाहबाट ६ वर्षको छोरा पनि छ, हाल उनी सिंगल जीवन बिताइरहेकी थिइन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment