सुदूरपश्चिमको भाषा हराउने अवस्थामा पुग्योः देउवा
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपालमा रहेका भाषाहरुलाई जोगाउदै लैजानुपर्नेमा जोड दिएका छन्।
बिसुपर्वका अवसरमा देउडा समाजले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मुलुकमा बोलिने विभिन्न भाषाहरु हराउने अवस्थामा पुगेको भन्दै यसलाई जोगाउदै लैजानुपर्नेमा जोड दिएका हुन्। उनले समूदायको भाषा हराउन थाले समूदाय र समाज कमजोर र विखण्डित हुने जिकिर गरे।
सुदूरपश्चिमको भाषा हराउने अवस्थामा पुगेको भन्दै उनले भाषाको जगेर्नामा लाग्न देउडा समाजलाई सुझाव दिए। संसारभरका मान्छेहरु आफ्नो भाषा बचाउनका गम्भीर भएको अवस्थामा देशमा बोलिने भाषाहरुलाई पनि बचाउन लाग्नुपर्ने धारणा राखे।
कार्यक्रमपछि सुदूरपश्चिम घर भई हाल काठमाडौँमा बस्दै आएका सुदूरपश्चिमबासीले देउडाखेल खेली हर्षोल्लासका साथ बिसु पर्व मनाएका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment