सुनको मूल्य निरन्तर उकालो : आज तोलाको एक लाख ८७ हजार

डिसी नेपाल
३ वैशाख २०८२ ११:१४
376
Shares

काठमाडौं। सुनको मूल्य फेरि पनि बृद्धि भएको छ। साताको चौथौ दिन आज एकैपटक २७ सयले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम हुन पुगेको छ।

जसअनुसार आज सुन तोलाको एक लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार सुन तोलामा एक लाख ८४ हजार ३ सयमा कारोबार भएको थियो। त्यस्तै चाँदी भने १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *