अर्थतन्त्र चलायमान बनाउन पूर्वाधार निर्माणमा जाेड दिनुपर्छ : उपप्रधानमन्त्री सिंह
माेरङ। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउनका लागि पूर्वाधार निर्माणमा जाेड दिनुपर्ने बताएका छन्।
बुधबार उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंहले लाेहन्द्र पुल उद्घाटन गर्दै यस्ताे बताएका हुन्। जहदा र कटहरी जाेड्ने पुलकाे उनले आजै उद्घाटन गरे।
साे स्थानमा पक्की पुल बनेपछि स्थानीयहरूलाई आवतजावतमा सहजता थपिएकाे छ। `मोरङको जहदा गाउँपालिका र कटहरी गाउँपालिका जोड्ने लोहन्द्रा पुलको आज उद्घाटन भयो। यो पक्की पुलको निर्माणसँगै यहाँका नागरिकहरूको दैनिकीमा सहजता थपिने र यहाँको आर्थिक गतिविधि बढ्ने विश्वास लिएको छु´, पुल उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले भने।
उनले आफूहरू राजनीतिमा जनतालाई अधिकार दिलाउँदै त्यसकाे संरक्षण गर्न र त्यसैका आधारमा विकास निर्माणमार्फत नागरिककाे जीवन र जिविकाेपार्जन सहज बनाउन अघि बढिरहेकाे पनि बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment