महिला संघमा किचलो, २० केन्द्रीय सदस्यले दिए राजीनामा
काठमाडौं । नेपाल महिला संघको किचलो छताछुल्ल भएको छ। २० केन्द्रीय सदस्यले राजीनामा दिएसँगै महिला संघको विवाद सतहमा आएको हो।
संगठनमा मनोमानी भएको भन्दै संघका २० सदस्यले राजीनामा दिएको नेता रीता शाहीले बताइन्।
पुरानो क्रियाशील नवीकरण नगर्ने, नयाँको आधारमा मात्रै अधिवेशन गराउन खोजिएको उनको आरोप छ। ‘पुरानो नवीकरण गर्नुपर्ने र अधिवेशनको मिति तोक्नुपर्नेमा केन्द्रीय समिति नबसी तोकियो। निर्वाचित बाग्लुङ अध्यक्षलाई हटाउने र विधानविपरीतका कार्य हुन नछाडेपछि २० केन्द्रीय सदस्यले राजीनामा दिएका छौं,’ उनले भनिन्।
यसअघि नै संगठनलाई सचेत गराए पनि कुनै सुनुवाइ नभएपछि राजीनामा दिन बाध्य भएको शाहीले बताइन्।
यि हुन् राजीनामा दिने सदस्यहरू

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment