मधेशका पूर्वप्रदेश प्रमुख अहिराजविरुद्ध करणी मुद्दामा पक्राउ पूर्जी जारी

डिसी नेपाल
३ वैशाख २०८२ १५:००
3.2k
Shares

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराजविरुद्ध जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ। एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनीविरुद्ध अनुसन्धान अघि बढाएको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार प्राप्त जाहेरीका आधारमा उनीमाथि अनुसन्धान अघि बढाइएको छ। जाहेरवाला पक्षको दाबी पुष्टि हुने/नहुने कुरा अनुसन्धानपछि मात्रै भन्न सकिने उनले बताए ।

अहिराजविरुद्धको जाहेरीमा मधेशमूलकी एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप लगाइएको छ।

राष्ट्रिय महिला आयोगमा पुगेकी पीडित पछि केही महिला अधिकारकर्मीको साथमा प्रहरीमा पुगेकी थिइन्। उनले गत माघ १० गते जिल्ला प्रहरी परिसर, भद्रकालीस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा जाहेरी दिएकी थिइन्। उक्त जाहेरीलाई फागुन ३ गते प्रहरी कार्यालयको दर्ता किताबमा अभिलेखित गरेको थियो ।

पक्राउ पुर्जी जारी भएको चार दिन भइसक्दा पनि अहिराज प्रहरी सम्पर्कमा नआएका प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *