पहिले कांग्रेसका भ्रातृसंस्थाको अधिवेशन गरौं, त्यसपछि १५औं महाधिवेशन : नेता शाही

डिसी नेपाल
३ वैशाख २०८२ १६:४१
548
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष पुष्पकुमार शाहीले पहिले कांग्रेसका भ्रातृसंस्थाको अधिवेशन गरिनुपर्ने धारणा राखेका छन्।

कांग्रेस महासमिति सदस्यसमेत रहेका शाहीले धुम्बाराहीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भ्रातृसंस्थाको अधिवेशनबिना पार्टीको १५औं महाधिवेशनमा नेताहरूले ध्यान केन्द्रित गर्नु गलत भएको बताएका हुन्।

उनले महाधिवेशन गर्ने गरि ६ महिना समय थप्नु पर्ने र महाधिवेशन गर्न नसके सधैं समय थप गर्नुकाे कुनै आैचित्य नरहने बताएका हुन्।

कांग्रेसले महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाको केन्द्रीय नेतृत्व भंग गर्ने बताइरहँदा शाहीको यस्तो धारणा आएको हो।

‘काम कुरा एकातिर कुम्लो बोकि ठिमीतिर भने झैं यो कांग्रेसका भातृसंस्थाहरूको चुनाव नगरेर अस्तव्यस्त भएको बेला हो। तदर्थ संस्थाहरूको ६ महिनाभित्र अधिवेशन गर्न छोडेर पार्टीको समय नै न आइकनै पन्ध्रौं अधिवेशनको चर्चा गर्नु मात्र हाँस्यास्पद हो,’ उनले भने।

कांग्रेसले १३ भ्रातृ संस्थाहरूलाई यस वर्षको चैत महिनाभित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो। पार्टीले उपलब्ध गराएको समयसीमाभित्र ५ भ्रातृ संस्थाले महाधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेका छन्।

तदर्थ समिति रहेका सात भ्रातृ संस्थाले अधिवेशन गर्न सकेनन् भने ठाकुर संघमा तदर्थ समितिसमेत छैन। प्रमुख भ्रातृ संस्थाका रुपमा परिचित नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघले अधिवेशन गरेर नयाँ नेतृत्व ल्याउन सकेनन्। महाधिवेशन गर्न नसक्ने अन्य भ्रातृ संस्थाहरूमा किसान महासंघ, दलित संघ, तामाङ संघ र मगर संघ छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *