रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर

डिसी नेपाल
६ वैशाख २०८२ ७:४०

काठमाडौं। खानाले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ। हामीले दिनभर के खाने र पिउने कुराले हाम्रो शरीरमा असर गर्छ। यो कुरा धेरैजसोलाई थाहा छ। स्वस्थकर खानपानका साथसाथै हामीले खाने समयमा पनि ध्यान दिनु उत्तिकै जरुरी हुने गर्छ।

सरल भाषामा भन्नुपर्दा कहिलेकाहीँ गलत समयमा स्वस्थकर खानेकुरा खाँदा पनि शरीरलाई फाइदा हुँदैन। यसको विपरीत, गलत समयमा खाएको स्वस्थ चीजहरू पनि कहिलेकाहीं हानिकारक हुन सक्छ।

यस्तै सबालमा पोषणविद्हरूले यस्ता ३ कुराको बारेमा बताएका छन्, जसलाई सामान्यतया स्वस्थ्य मानिन्छ तर राती भने खानु हुँदैन्। उनीहरूका अनुसार कम्तिमा रातिमा यी ३ चिज खानु हुँदैन।

सलाद

पोषणबिदहरू भन्छन्, ‘आज धेरैजसो पश्चिमी संस्कृतिबाट प्रभावित भएकाले बेलुकाको खानामा सलाद खान रुचाउँछन्। सलाद स्वास्थ्यका लागि फाइदाजनक हुन्छ तर रातिको समयमा यसलाई खानु हुँदैन। पोषणविद्हरूका अनुसार काँचो तरकारी पचाउन धेरै समय लाग्छ, त्यसैले राति खाँदा ग्यास र अपचजस्ता समस्या हुन सक्छ।

फलफूल 

फलफूल खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर, पोषणविद्हरूले राति कुनै पनि फलफूल नखान सल्लाह दिन्छन् । फलफूलमा सक्रिय इन्जाइमहरू हुन्छन्, जसले शरीरमा ऊर्जाको स्तर बढाउँछ।

यद्यपि, तपाईंलाई रातमा यो ऊर्जा चाहिँदैन। यसका साथै फलफूलमा पाइने प्राकृतिक चिनी रातिको समयमा पनि हानिकारक हुन सक्छ । यस्तो अवस्थामा साँझ ५ बजेपछि फलफूल नखान पोषणविद्हरूले सल्लाह दिन्छन् ।

स्टार्चयुक्त खानाहरू 

यी सबै बाहेक पोषणविद्हरूले रातिमा स्टार्चयुक्त खानेकुरा नखान सल्लाह दिन्छन्। फलफूल र सलाद बाहेक स्टार्चले भरपूर खानेकुरा स्वास्थ्यका लागि अस्वास्थ्यकर मानिन्छ । त्यसैगरी, यी चिजहरु राति खाँदा तपाईलाई थप हानि पुर्याउन सक्छ ।

त्यसो भए बेलुकाको खाना के कसरी खाने त ?

यी चीजहरू बाहेक पोषण विशेषज्ञहरूले रातको खाना धेरै हल्का खानपिनको सल्लाह दिन्छन्। यसका लागि डिनरमा विभिन्न दानाबाट बनेको खिचडी खान सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *