प्रधानमन्त्रीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खलाका प्रतियोगीहरुको भेट
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला-२ का प्रतियोगीहरुले आज भेटघाट गरेका छन्।
विश्वभर रहेका नेपाली मूलका कलाकारमध्येबाट २३ मुलुकका छानिएका कालाकारसँग प्रधानमन्त्री ओलीले उनीहरुको प्रतिभा र नेपालीपनको एकत्वको भावनाको विस्तारको अभियानमा शुुभेच्छासहित भेटघाट गरेका हुन्।

इन्ट्रा फाउण्डेसनद्वारा सञ्चालित र नेपाल टेलिभिजनबाट प्रसारित उक्त शृङ्खलाका आयोजक र कलाकारहरुलाई प्रधानमन्त्री ओलीले नेपाली कला, साहित्य, संस्कृति, नृत्य, हाउभाउ आदिलाई जीवन्त बनाउन प्रतियोगीहरुको भूमिका रहने बताए।
विश्वका जुनसुकै कुनामा रहे पनि नेपालीहरुमा रहने जनेटिक मोमोरीले नेपाली कला, संस्कृतिलाई जीवन्त बनाउने उनको भनाइ थियो।

कार्यक्रममा नेपाल, भूटान, भारत, संयुक्त राज्य अमेरिका, दुुबइ, संयुक्त अधिराज्य बेलायत, अष्ट्रेलिया, जापान, म्यान्मा, पोर्चुगल, मलेसिया, थाइल्याण्डलगायतका नेपाली मूलका प्रतियोगीहरुको सहभागिता रहेको इन्ट्रा फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment