परितोषिका पन्तले पाइन वेष्ट न्यु टयालेन्ट क्यापिटल अवार्ड
काठमाडाैं। मोडल तथा रङ्गकर्मी कलाकार परितोषिका पन्तले यसवर्षको वेष्ट न्यु टयालेन्ट क्यापिटल अवार्ड २०८१ पाएकी छन्। आमा अन्जु पन्तले संगीत गरेको धेरै माया नदेउ मलाई बोलको गीतमा परितोषिकाले मोडलिङ गरेकी छिन्।
गत बैसाख ४ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा मोडल पन्तलाई उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यमा आयोजक संस्थाका अध्यक्ष माधव निर्दोश लगायत अतिथिहरुको हातबाट अवार्ड प्रदान गरिएको थियो।

धेरै माया नदेउ मलाई गीतबाट म्युजिक भिडियोमा पहिलो पटक डेब्यू गरेकी परितोषिकाले त्यसपछि अन्य गीतहरुमा पनि आफ्नो अभिनय कला देखाइसकेकी छन्। मण्डला थियटरबाट अभिनय कला सिकेकी परितोषिको अभिनय अझै खारिँदै गएको भिडियोका निर्देशकहरु बताउँछन्।
उक्त अवार्ड पाएकोमा खुशी ब्यक्त गर्दै परितोषिका भन्छिन्, यो अवार्डले मलाई अझै राम्रो काम गर्नको लागि हौसला मिलेको छ।’ अहिले पनि केही नयाँ प्रोजेक्टहरु गरिरहेको र आगामी दिनमा झनै मेहनत गर्ने उनी बताउँछिन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment