सगरमाथा लुम्बिनी इन्स्योरेन्सको वैशाख २८ गते वार्षिक साधारण सभा
काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्सको वैशाख २८ गते वार्षिक साधारण सभा बस्ने भएको छ। साधारण सभाले १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ।
सभामा कम्पनीको आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन, नाफा-नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ। आर्थिक वर्ष २०८१-८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ।
सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले वैशाख १७ गते बुक क्लोज गर्ने भएको छ। साधारण सभामा भाग लिन वैशाख १६ गतेसम्म सेयरधनी कायम हुनु पर्नेछ।
सभा रानीमहल बैंक्वेट प्रालि, ज्ञानेश्वर काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment