मजदुर दिवसको अवसरमा सांगीतिक साँझको आयोजना

डिसी नेपाल
१२ वैशाख २०८२ १२:०६
224
Shares

काठमाडौं। कन्टेन्पोररी सिंगर्स सोसाइटी नेपालले यही बिहीबार सांगीतिक साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ। नेपालका चर्चित गायक, गायिकाका साथमा सांगीतिक साँझको आयोजना गर्न लागिएको आयोजक कन्टेन्पोररी सिंगर्स सोसाइटी नेपालका अध्यक्ष कपिल लोहनीले जानकारी दिए।

बिहीबार साँझ चार बजेदेखि घट्टेकुलोमा रहेको कक्षालय किन्डर गार्टेन स्कुलको हलमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा गायक गायिकाहरु अमर तन्डुकार, भैरव खकुरेल, विकास राणा, दीपक थापा, दीपेन्द्रबहादुर थापा, जया गुरुङ, ज्योति घिमिरे, लोचन भट्टराई, मनोज गुरुङ, मीरा राणा, संगीता प्रधान राणा, संजय श्रेष्ठ, शशी गुरुङ र छिरिङ भुटियाले प्रस्तुती दिने छन्।

सांगीतिक कार्यक्रममा सहभागी बन्न आयोजकले टिकटको मूल्य पाँच सय निर्धारण गरिएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *