प्रहरीले दियो सांसद राई पक्राउ परेको जानकारी संसदलाई
काठमाडौं। सांसद माया राई पक्राउ परेको जानकारी प्रहरीले संसद सचिलालयलाई दिएको छ। सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै जिल्ला प्रहरी परिसर, भद्रकालीले सांसद राई पक्राउ परेको बारेमा सो जानकारी गराएको हो।
‘उपरोक्त सबन्धमा सुमन खनालसमेतको जाहेरीमा बादी नेपाल सरकार प्रतिबादी स्वर्ण लक्ष्मी बहुउद्देस्सीय सहकारी संस्था लिमिटेका अध्यक्ष एवम सञ्चालक गितेन्द्रबाबु राई समेत भएको ठगी र संगठित अपराध सबन्धी कसुर मुद्दामा भागी फरा रहेका प्रतिवादी माया राईलाई अनुसन्धानको क्रममा बैशाख १३ गते बुढानिलकण्ठ नगरपालिका–१० कपन स्थितवाट पक्राउ गरी यसका कार्यालयमा दािखल हुन आएकी प्रतिबादी नेपाली कांग्रेसको वर्तमान संघीय प्रतिनिधिसभाको सदस्यलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको ब्यहोरा सादर अनुरोध गरिएको छ’ प्रहरीले भनेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment