‘छिट्टै सरकार ढल्ने प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवार’

डिसी नेपाल
१४ वैशाख २०८२ १३:४९
92
Shares

काठमाडाैं। नेकपा एमालेका सांसद पदम गिरीले सरकार छिट्टै ढल्ने प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवार रहेको बताएका छन्।

आइतबार प्रतिनिधिसभामा बोल्दै गिरीले मुलुकमा स्थीरता कायम गर्न ठूला दल मिलेर सरकार बनेको भन्दै सरकार छिट्टै ढल्दैछ भनेर जनतामा भ्रम छर्नेगरि प्रचण्डले दिएको अभिव्यक्ति गैरजिम्मेवार रहेको बताएका हुन्। राजनीतिक स्थिरताको वातावरण बिथोलिने र जनतामा चिन्ता हुने गरि कसैले पनि गैरजिम्मेवार भएर अभिव्यक्ति दिनु उचित नभएको उनले बताए।

उनले सात बुँदे सहमतिको जगमा वर्तमान सरकार गठन भएकाले मुलुकको बिकास र समृद्धिका लागि निरन्तर अघि बढ्ने जिकिर गरे। त्यस्तै गिरीले राजनीतिक स्वार्थको रोटी सेक्नका लागि शिक्षकहरुलाई उत्तेजित बनाउन खोजिएको आरोप समेत लगाए।

उनले यसअघि आफै सरकारमा बसेर शिक्षकहरुसंग गरेको सहमति कार्यान्वयन नगर्ने तर अहिले वर्तमान सरकारका कारण शिक्षकहरु आन्दोलनमा आउनुपरेको भन्ने तर्क गलत भएको जनाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *