रोशन राईको शब्द,संगीतमा इन्द्रकला राई र हसन राईको ‘पैसा की बैस’ गीत सार्वजनिक
काठमाडौं। गायक हसन राई र चर्चित गायिका तथा द भ्वाइस अफ नेपाल सिजन ६ की प्रतिस्पर्धी इन्द्रकला राईको स्वरमा ‘पैसाकी बैस’ बोलको गीत सार्वजनिक भएको छ। यो गीत लुङ्टो क्रियशन युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।
द भ्वाइस अफ नेपाल सिजन ६ कै अर्का प्रतिस्पर्धी चर्चित गायक तथा संगीतकार रोशन राईको यस गीतमा शब्द तथा संगीत रहेको छ । सागर सन्सार राईको एरेञ्ज रहेको गीतलाई किश्वर थापाले मिक्सिङ मास्टरिङ गरेका हुन्।
‘पैसाकी बैस’ गीतको म्युजिक भिडियोमा रियल जोडी जिवन भट्टराई र लक्ष्मी बर्देवाको अभिनय देख्न सकिन्छ। जीवन र लक्ष्मीले नै निर्देशन गरेको म्युजिक भिडियोमा उनिहरुको रोमान्ससँगै गाउँले जीवनसहितको प्रेमपनि देख्न सकिन्छ। बुद्ध थापाले खिचेको म्युजिक भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका छन्।
गायक हसन राईले अहिले सम्मय करिव २ दर्जन गीतहरु रेकर्ड गरिसकेका छन्। आधा दर्जन गीतको म्युजिक भिडियोमा मोड्लिङपनि गरिसकेका छन्। धरान सुरसाझ कलाकेन्द्र, अलंकार म्युजिक एकेडेमीमा बिनोद प्रियदर्शीसँग संगीत सिकेका हसन पाश्र्व गायनमापनि मोह राख्छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment