नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १४ दशमलव ५३ अंकले घटेर दुई हजार ६४७ दशमलव ७ विन्दुमा कायम भएको हो।
आज ३२७ कम्पनीको दुई करोड ३६ लाख ८९ हजार ७१ कित्ता शेयर ७६ हजार ९९८ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ९१ करोड २८ लाख ४३ हजार बराबरको कारोबार भएको छ।
आजको कारोबारमा वित्त समूह एक दशमलव ४० र व्यापार समूह शून्य दशमलव ४२ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै लगानी समूहको उपसूचक दुई दशमलव १४ प्रतिशतले घटेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment