माल्टा पठाइदिने भन्दै २४ लाख ठगी गर्ने एक जना पक्राउ

डिसी नेपाल
१६ वैशाख २०८२ २३:२५
316
Shares

काठमाडौं। वैदेशिक रोजगारीमा माल्टा पठाइदिने भन्दै रु २४ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२ बस्ने ५६ वर्षीय सुजनकुमार उप्रेती रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए।

उनले भने, ‘आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि रु २४ लाख लिई माल्टा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएको भन्ने पीडितले दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो।’ निजलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरी उपरीक्षक भट्टले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *