भारतीय फिल्म ‘हिट: द थर्ड केस’ नेपालमा रिलिज

डिसी नेपाल
१९ वैशाख २०८२ १२:३३
332
Shares

काठमाडाैं। भारतीय फिल्म ‘हिट: द थर्ड केस’ नेपालमा पनि प्रदर्शनमा आएको छ। नानी स्टारर यो फिल्म बिहिबारदेखि नेपाली हलमा लागेको हो।

यस फिल्मलाई कन्सेप्ट भिजन इन्टरटेनमेन्टले नेपाल ल्याएको हो। नेपाली हलमा यस फिल्मले राम्रै शो पाएको छ।

यस फिल्ममा नानीसहित श्रीनिधी शेट्टी सूर्या निवास प्रतीक बब्बर लगायतको अभिनय छ। नानी अभिनेतासँगै यस फिल्मको सह-निर्माता समेत हुन्। सैलेश कोलानू निर्देशित यो फिल्म सस्पेन्स एक्सन थ्रिलर जनरामा बनेको हो।

यो फिल्म सन् २०२० मा रिलिज भएको ‘हिट’ को तेस्रो श्रृंखला हो। पहिलो फिल्मको सफलतासँगै सन् २०२२ मा ‘हिट: द सेकेन्ड केस’ आएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *