कविता: नेताको अभिमान

नेपालको हेर नेता कति अभिमानी छन्
मानव भएर के गर्नु कतिधेरै घमण्डी छन्
गणतन्त्र ल्याएँभन्दै आँखाचिम्ली बस्तछन्
बिदेशमा छाक खाई नेपालमा अघाउँछन्।
नेपाली भई नेपाली किन ति बोल्न सक्तैनन्
देश बिकासको योजनालाई किन अघि सार्दैनन्
एउटा थोते बोली बोल्ने ती कांग्रेसका सभापति
अर्का आगो बनी बोल्ने ती एमालेका महापति।
एक चोसो पसारी बोल्ने बोलेको बोली बिर्सने
मनै हो राजा फाल्ने भनी धाक ठूलो जमाउने
अर्का भ्यागुता जस्ता छन् होचा पुड्का फुलेसरी
अर्का थरथरगरि बोल्नेछन् अग्लो शिर झुकेसरि।
बाबुराम पनि नेता ठूला बुद्धिमान गए कता्र
राजालाई थुन्छु भन्दा आफैं हराए कताकता
सबै नेता घमन्डी छन् मनमा छैन केही दया
अब सबै नेता गए हुन्छ उत्तर भारतको गया।
आँखा चिम्ली बसे हुन्छ गरी पापको मोचन
प्रायश्चित्त गरे हुन्छ आफ्नो भविष्य बनाउन
मासु काटे सरि बोल्ने राजालाई गिजाउने
राजाकै देशमा बसी धाक ठूलो जमाउने।
कसैको पनि देखिन्न एकैनास समुन्नती
अरुको के कुरा हेर सन्ध्यामा सूर्यको गति
कति आए कति नेता नेपालमा सधैंभरी
रहेनन् कोही जीवन्त रहेनन् अजम्बरी।
नफुलोस् नाकको प्वाल भ्यागुतो घुसने गरी
नबढाेस् पेटको झुला राष्ट्रनै निहुरिने गरी
सानो हात गरी हिँड्ने ठूलो कान बनाउने
अर्काको बुइमा चढी राष्ट्र बिदेशमा सुम्पिने।
घमण्ड हात्तीको टाउको बिस्तारै हल्लाउने
टाउका भित्र के के छन् आफैंमा तरसाउने
टाउको भित्र नेताहरुको घमण्ड छ वरिपरी
बेलाबेलामा उल्टिन्छन् आगो बाली घरीघरी।
प्रजातन्त्र भनी हिँड्छन् सुनौलो कुर्सीमा बसी
लोकतन्त्र भनी रट्छन् सधैं पदमा बसिरही
बुढो मुख हाँसेको त्यो कति कति नसुहाउने
सातै नेताहरुले मिली जनतालाइ सधैं हसाउने।
हेर एकतामा सबै राम्रो बलमा शक्तिवान त्यो
फुटेमा सत्रुको लाम फेरि अगाडि बढ्नेछ त्यो
घमण्ड मनमा ल्याउ देश बिकास गरिकन
बोली घमण्डको के काम आफैं ठूलो भइकन।
नगरे घमण्ड कोहीले नेता हुन् वा अरु कोही
आज घमण्ड गर्नेले भोलि भोग्दछन् दुर्गती
सके धर्म कर्म गरे राम्रो नसके चुप लागने
नेताको कर्मले गर्दा नहोस् जनता दुख पाउने।
घमण्डले बिते रावण दम्भको मन्द बुद्धिमा
यस्तै होला भनि सोच्ने को नेता छन् देशमा
जो कोही मनले हार्छ उसमा दम्भ पलाउँछ
यो दम्भ बढ्दै जाँदा कालले अघि लाउँछ।
तसर्थ घनघोर दुख सागर तर्नुछ हामीलाई
नगरे घमण्ड कसैले मर्नुछ एकदिन सबैलाई
सके बुद्ध बने राम्रो नसके गान्धी नै सही
बने मन्डेला झन् राम्रो नसके मनमोहनै सही।
हात खुट्टा लुलो दुब्लो मुखमात्र चलाउने
घमण्ड त्यो दम्भले गर्दा कसैदेखि नडराउने
बीसौं बर्ष बित्यो यस्तै घमण्ड भरिपूर्ण छ
लोकतन्त्र ल्याएँ भन्दै कत्रो ठुलो घमण्ड छ।
भो चाहिन्न यी सबनेता जनता ठगी खाने
अब लौ चाहिन्न यस्तो तन्त्र नेता सबै ठगने
अदालत पनि राजा मन्त्री नेताहरु पनि सबै
ठूला राजा साना राजा राजा भए झन् सबै।
नपढेका राजाहरुले राज्य कसरी चलाउँछन्
पत्त्याउने कुनै छैनन् नेता घमण्ड गर्दछन्
नेताको घमण्डले गर्दा आज भो यो दुर्गति
पाउनन् तिनले कैले यो जन्ममा सद्गति
पाउनन् तिनले कैले यो जन्ममा सद्गति।
वसन्त ऋतु
आयो वसन्त ऋतुको याम यो नेपाल देशमा
हराभरा छ सबै पहाड सेतो हिमाल उत्तरमा
चाँदी टल्केसरी टल्कन्छ उज्यालो छरने गरी
सेता बादलका गुच्छाहरु झुलिरहन्छ घरिघरी।
रुखमा पातका पल्लाहरु पलाइ कन सुस्तरी
बिस्तारै भए खुसी ती सब मुहार फेरिने गरी
नौलो बिहानीमा हेर सूर्य मुस्काइ हेर्दछन्
ज्ञानीको प्रार्थना हेर आसन जमाइ बस्दछन्।
गुराँस फूलका बोट झुलेका छन् वरिपरी
पानीका ठुला झरना खसेका छन् अघिसरी
हरिया पातका वृक्ष नाचिएका सबैतिर
फुलेका फूल ती सारा हाँसेका छन् यतैतिर।
वर्षात् पानीको भेल बढेको छ नदीमहाँ
खहरे पनि उर्लेको छ यो वसन्त ऋतुमहाँ
कहिले सूर्यको ताप कहिले वर्षाको कहर
यसैमा झुलेका छन् लिइ आन्नदको लहर।
कोइली वनमा नाची काफल पाक्यो भनिकन
सबै मस्त आनन्दमा छन् यो बोली सुनिकन
गाउँ सहर सबै राम्रो पानीले सब पखालीकन
जन्मेका सब ती किरा बसेका छन् लुकिकन।
सेतो हिमाल टल्किन्छ चाँदीनै झलके सरी
बिहानी सूर्यको उदयमा सुनै सुन छरे सरी
बाली नाली सबै हुन्छ यो वसन्त ऋतु्महाँ
फलेका सबै अनाजले भरिपूर्ण छ सबै यहाँ।
सबै देवी देवताहरुले बास बसेको यो नेपाल
सबै ऋषिमुनिले आश्रय लिएको यो हिमाल
कहाँ छ स्वर्ग मनभित्र हेर
नेपालको नक्सा सजाई हेर।
सबै कुरा मिल्छ यहाँ बिचित्र
यो भूमिजस्तो छैन कुनै पवित्र
वसन्त नाची झुलिनै रहन्छ
शिशिर लुकी बसी नै रहन्छ।
नेपाल उर्बरा भूमि कहाँ पाइन्छ विश्वमा
पवित्र देवको भुमि कहाँ छ र बिदेशमा
न जाडो न त गर्मी धेरै छ यो देशमा
सबै कुरा मिलेको छ प्रकृतिकाे भेटमा।
वसन्त ऋतुको पूजा हामी सबै मिली गरौं
यसैको आर्शीवादमा हामी सबै बाँचाै मरौं
नटुटोस् ऋतुको याम सधैं भरी चलिरहोस्
विश्व मान चित्रमा यो नेपाल सधैं रहोस्
विश्व मान चित्रमा यो नेपाल सधैं रहोस्।
Facebook Comment