जेठ १५ बाट राजावादीले गरे अनिश्चितकालीन जनआन्दोलन घोषणा

डिसी नेपाल
२५ वैशाख २०८२ १४:१८
772
Shares

काठमाडौं । राजावादीहरूले राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै अनिश्चितकालीन जनआन्दोलन घोषणा गरेका छन्।

राजसंस्था पुनर्स्थापनका लागि गठित समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जनआन्दोलनको घोषणा गरेका हुन्।

‘जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौं। हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ। भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरुप हुनेछ,’ उनले भने। उनले आन्दोलनमा हस्तक्षेप भए आफूहरूका लागि स्वीकार्य नहुने चेतावनी दिएका छन्।

जनआन्दोलन घोषणा सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन,राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत जनआन्दोलन घोषणा सभामा सहभागी थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *