नेपालमा उत्पादन भएका वस्तुको निर्यात बढाउन मन्त्री भण्डारीको सुझाव
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले नेपालभित्र उत्पादन भएको वस्तुको निर्यात बढाउनुपर्ने बताएका छन्।
विहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपालीहरुले अब आफ्ना वस्तुहरुलाई उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नुपर्ने भन्दै यसमा निजी क्षेत्रपनि उत्पादकत्व वृद्धिमा सहयोग पुर्याउनुपर्ने बताए।
उनले भने, ‘नेपाली वस्तु र छिमेकी मुलुक मित्र राष्ट्रहरुबाट आएका वस्तुहरु समेतलाई राखेर झण्डै साता दिनको व्यापार मेलाको आयोजना भएको छ। मन्त्रालयको पनि सहभागिता छ। हामीले देशभित्र उत्पादित्त वस्तुहरुलाई संसारले देख्नेगरि, नेपालीहरुले पनि अब आफ्ना वस्तुहरुलाई उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सक्छ। यद्यपी, आज पनि निर्यातको अवस्था अपेक्षा गरे अनुसार हुन सकेको छैन्। आयात निर्यातको अवस्था सबैले देखेकै छौं। धेरै आयात गर्छौ, न्यून रुपमा निर्यात गर्न सकिरहेका छौ। यसलाइ वृद्धि गर्नुपर्छ। त्यसका लागि विशेष रुपमा निजी क्षेत्रले उद्योगको क्षेत्रमा उत्पादकत्व वृद्धि गर्नुपर्छ। त्यसको बजारीकरण गर्नुपर्छ।’
यस्तै, उनले विभिन्न प्राकृतिक प्रकोपहरुका कारण नेपालको बजार सुस्ताएको भन्दै यसलाई उठाउनका लागि थुप्रै नीतिगत कुराहरुलाई सरकारले प्राथमिकतामा राखेको बताए।
उनले भने, ‘व्यापारको क्षेत्रमा हामी पछाडि छौं। तर सम्भावनाको हिसाबले धेरै अगाडि छौ। सम्भावनालाई आत्मसाथ गर्नुपर्ने छ, प्रतिस्पर्धामा अगाडि बढ्नुपर्ने छ। उद्योगको क्षेत्रमा केही समस्याहरु आएका छन्। विभिन्न प्राकृतिक प्रकोपहरुका कारण पनि नेपालको बजार सुस्ताएको छ। यसलाई उठाउनुपर्छ र उठाउनको लागि थुप्रै नीतिगत कुराहरुलाई सरकारले प्राथमिकतामा राखेको छ।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment