नक्कली नोटसहित एक जना पक्राउ
मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नेपाली ५ सय दरका १ सय ८६ थान नक्कली नोट सहित सोही उपमहानगरपालिका-८ कमाने बस्ने धादिङ गंगाजमुना गाउँपालिका-२ घर भएका ४२ वर्षीय रामकृष्ण अधिकारीलाई गए राति प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले महोत्तरीबाट हेटौंडा बजारतर्फ जाँदै गरेको बा.३३ प ९९८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नक्कली नोट फेला पारी चालक अधिकारीलाई पक्राउ गरेको हो।
यस बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment