फेवातालमा फसेका ७ जनाको सकुशल उद्वार
कास्की। पोखराको फेवातालमा हावाहुरीका कारण डुंगा पल्टिँदा तालमा फसेका ७ जनाको सकुशल उद्धार भएको छ।
बिहिबार फेवातालमा हावाहुरीका कारण स्टयाण्डिङ्ग डबल प्याडल बोट पल्टिदा तालमा फसेका ७ जनाको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्वार गरेको हो।
बोटिङ गरिरहेको अवस्थामा एक्कासी आएको हावाहुरीका कारण बोट तालको बिच भागमा पल्टिँदा भारत घर बताउने २५ वर्षीय सोनु बर्मा, २२ वर्षीया नेहा शेखावत, २१ वर्षीय अरुण चौधरी, २४ वर्षीय पुनम चौधरी, २५ वर्षीय प्रविण दिक्षित, २४ वर्षिय श्याम प्रजापति र पोखराको गुरुङ्ग गाउँ बस्ने नेन्दबहादुर गुरुङ्ग फेवातालमा फसेको सशस्त्र प्रहरीले जनाएको छ।
उद्वार पश्चात नन्दबहादुर गुरुङ्गको स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि गण्डकी मेडिकल कलेजतर्फ पठाईएको छ। अन्य ६ जना भने अवस्था सामान्य रहेको सशस्त्रले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment