नेपालस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकलाई भन्यो ‘नेपाल भारत सीमाबाट टाढा रहनू’

डिसी नेपाल
२६ वैशाख २०८२ १०:५१
1.6k
Shares

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई नेपाल-भारत सीमाबाट टाढा रहन आग्रह गर्दै एक एडभाइजरी जारी गरेको छ।

नेपाल र भारतले खुला सीमा नीति कायम राखेकाले नेपालमा रहेका चिनियाँ नागरिक वैध भिसा बिना भारतीय क्षेत्रमा आकस्मिक रूपमा प्रवेश गर्नसक्ने जोखिम रहेको अवस्थामा यो सल्लाह आएको हो।

यस क्षेत्रमा जारी सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै चिनियाँ नागरिकहरू अनजानमा भारत प्रवेश नगर्न सतर्क रहनुपर्नेमा दूतावासले जोड दिएको छ।

भारत र पाकिस्तानबीच बढ्दो राजनीतिक तनावको बीचमा सतर्कता अपनाउनुपर्ने अवस्था उत्पन्न भएको हो । भारत पाकिस्तान तनावका कारण भारत र नेपाल दुवैले आफ्नो सीमा सुरक्षालाई कडा बनाएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *