संवाद कविता श्रृङ्खला-१०

१.
“कमरेड आजाद !
गुप्तचर छ्यास्छ्यास्ति छन्
विचार पुर्याउनोस् है
काम गर्दा होशियार हुनु होला
दस्तावेज सुरक्षित राखेरै
जनसंगठन निर्माण गर्नुपर्छ”
“कमरेड कान्ता!
गुप्तचरको आँखा छल्छु
विचार गरेरै हिँड्छु
सावधानी अपनाएकै छु
दस्तावेज त सुरक्षित राख्नै पर्छ
दस्तावेज नै भएन भने जनसंगठन कसरी निमार्ण हुन्छ?”
२.
“महेशजी !
लाल अभिवादन
कहिले आउनु भो राजधानीबाट?
राजधानी अशान्त छ भन्छन्
कर्फ्यु पनि लागो अरे
बताउनोस् त राजधानीको हाल चाल”
“प्रवेशजी !
लाल अभिवादन
हिजो मात्रै आएँ राजधानीबाट
राजधानी अशान्त त छ नै
कर्फ्यु लाग्यो, मान्छे पनि मारिए
प्रतिगामीहरुको चलखेल भै रहेको छ आजकल ।”
३.
“सुलोचनाजी !
जय नेपाल
पार्टी प्रशिक्षण चल्या हो?
समसामयिक धारणा के रहेछ त?
पार्टी नेता को को आ छन्?
गोप्य मिटिङ बस्नु भो त?”
“अनामिकाजी !
जय नेपाल
पार्टी प्रशिक्षण चलि रा छ
देश अधोगतिमा छ रे
महामन्त्री सभापति दुवै जना आ छन्
खुल्ला सत्र सक्किए पछि गोप्य मिटिङ बस्ने अरे।”
४.
”ए सुन्नोसत हजुर !
भीडमा नजानोस् है
हुलदंगा भए जस्तो छ
मान्छेहरु चिच्याइ रहेछन्
के को आवाज हो यो?
ध्यान दिएर सुन्नोस त”
ए, म सुन्दै छु त
भीडमा किन जाने?
हुलदंगा त हुने नै भयो
देशमा शान्ति छैन
जुलुसहरु जुधे होलान्
गोली चल्यो पक्कै ।”
५.
“रविमानजी !
समाजसेवा कस्तो छ त?
मान्छेहरु के के भन्छन्?
राजनीतिका कुरा होलान
आवश्यकता थरीथरी
समाजसेवा किन गर्ने आफू ऋणमा परि?”
”शंकरमानजी
समाजसेवा ठिकै छ त
निराशाका कुरा गर्छन् मान्छेहरु
राजनीति त भ्रष्ट भयो भन्न थाले
आवश्यकता कति कति?
आत्म सन्तुष्टि मिल्छ के समाजसेवा गरे पछि ।”
६.
“ओ कविजी !
कविता त गज्जब आउन थाले
कति खेर लेख्नु हुन्छ?
लेखेरै जिन्दगी विताउने होला
अहिले सम्म घरजम छैन
घरजम गर्नु पर्दैन र?”
“ अरे चाणक्यजी!
खुशी लाग्यो कविता गजब भएकोमा
प्राय बेलुकी लेख्छु
लेख्ने बानी परि हालेँ
ठिकै भन्नु भो, अहिलेसम्म घर जम छैन
यो हिउँदमा सोच्नु पर्ला कि त ?”
७.
“बालकृणजी !
हिजो आज कता ?
भेटघाट हुनै छोड्यो
गीत पनि बज्दैन त
मैले नसुन्या हो कि ?
गाँउन छोड्नु भो कि कसो ?”
“ओ, प्रकाशजी !
हिजो आज घरमै हो त
खासै हिँडडुल गर्दिन म
फाट्ट फुट्ट बज्छ गीत
समय नमिलेको होला
कहिले कहि गाउँदै छु त नियमितता छैन।”
८.
“रेशम भाइ !
जागिर कस्तो छ त ?
अल्छि कति लाग्छ ?
घरपायक राम्रै छ नि
जस त पाइदैन नै
शिक्षण गर्नु चकै छ त ?”
“अरे, प्रकाश सर !
जागिर राम्रै चलि रा छ
अल्छि कति पनि लाग्या छैन
घरपायक ठिकै छ नि
जस पाउन त हम्मे हुँदो रे छ
शिक्षण गर्न कहाँ सहज छ र? ”
९. (फोन वार्ता)
“हेल्लो सेतोपाटी !
एउटा कविता पठाएको छु है
प्रकाशन योग्य छ छैन ?
हामी मोफसलका साहित्यकार
हाम्रो मार्का कस्ले बुझ्ने?
हामी माथि न्याय गरियोस् है हजुर ”
“हेल्लो प्रकाशचन्द्रजी !
कविता प्राप्त भएको छ
प्रकाशन योग्य छ छैन
सम्पादक मण्डले हेर्ने गर्छ
हामीले लाखा पाखा गर्दैनौ नै
स्तरीय भए अवश्य छापिने छ हजुर ।”
१०. (फोन वार्ता)
“हेल्लो बाह्रखरी !
राजेश सर बोल्नु भा हो ?
म प्रकाशचन्द्र खतिवडा
मेरो कविता आएन त ?
प्राविधिक समस्या पर्यो कि ?
शनिवारै आउँछ भन्नु भाथ्यो त ”
“हेल्लो प्रकाशचन्द्रजी !
म राजेश सर बोल्दै छु त
तपाईको कविता पक्कै आउँछ
प्राविधिक समस्या त के भन्नु र ?
जरुरी काम विशेष परी हाल्यो
शनिबार म नेपाल बाहिर पो थिएँ त।”
११. (फोन वार्ता)
“हेल्लो डी.सी.नेपाल !
मदन सरलाई पाउन
नियमित रचना प्रेषित गर्ने
प्रकाशचन्द्र हुँ म
जीवनदान कथा हालेको छु
प्रतिकृया पाउन पाए राम्रो हुन्थयो हजुर ”
“हजुर डी.सी.नेपाल
म मदन सरै हो त
प्रकाश सर !
नियमित रचना प्रेषित गर्नोस्
डी.सी. नेपाल स्वीकार गर्छ
जीवनदान हेरेँ मैले गज्जब लाग्यो मलाई त।”
सुन्दहरैँचा-६, दुलारी, मोरङ
प्रतिक्रिया
Facebook Comment