तालमा डुबेर एक जनाको मृत्यु
दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका–१८ धरमपुर अक्कासीमा रहेको तालमा पौडी खेल्ने क्रममा डुबेर एक जना किशोरको मृत्यु भएको प्रहरीले जनाएको हो।
मानव निर्मित तालमा शनिबार पौडी खेल्न गएका भूपेन्द्र विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ। त्रिवेणी गाउँपालिका–९ सिस्नेरी स्थायी घर भएका १६ वर्षीय विक तुलसीपुरमा बसोबास गर्दै आएका थिए।
मृतक विकको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment