रोशी खोलाले नेपालथोकको डाइभर्सन पनि बगायो, रामेछापको सुनापति आउने सडक अवरुद्ध

डिसी नेपाल
३० वैशाख २०८२ ११:०१
464
Shares

रामेछाप। रोशी खोलामा सोमबार राति आएको बाढीले बिपी मार्ग छेउको सिन्धुलीको नेपालथोक प्रहरी चौकी नजिकैको डाइभर्सन पनि बगाएको छ।

सो डाइभर्सन बगाउँदा काठमाडौंबाट रामेछापको सुनापति, दोरम्बा र खाँडादेवी गाउँपालिकाका विभिन्न वडाबाट आउने सडक अवरुद्ध भएको छ।

बिपी मार्गको नेपालथोकबाट काभ्रे तिमाल गाउँपालिकाको भण्डारीबेँसी, मुक्पाबेँसी हुँदै रामेछापको सुनापती गाउँपालिकाको सिन्दुरेटारमा रहेको सुनकोसी नदीको पुल तरेर सुनापति, दोरम्बा शैलुङ, खाँडादेवी लगायतका क्षेत्रमा आउने यातायात साधन डाइभर्सन बगाएपछि रोकिएका छन्।

गएको असोज महिनामा आएको बाढीले नेपालथोकमा रहेको सुनकोशी माथिको पक्की पुल बगाएपछि सुनापतिका सबै वडा, दोरम्बाका केही वडा तथा खाँडादेवी गाउँपालिकाको १ नं वडामा आउने यातायात साधनको लागि रोशी खोलामा ह्युमपाइप राखेर डाइभर्सन बनाइ आवागमनको व्यवस्था मिलाइएको थियो।

बाढीलाई डाइभर्सनका पाइपहरू बगाएको स्थानीय राजकुमार मैनालीले जानकारी दिए। बाटो बगाएपछि सो सडकबाट काठमाडौँ आउजाउ गर्ने यातायात साधनहरू रोकिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *