भारत-पाक द्वन्द्वको जड कारण

कृष्ण बोहरा
५ जेठ २०८२ ७:५१

उपनिवेशबाद बिरोधी अभियान उच्च बिन्दुमा पुगिरहेको थियो। महात्मा गान्धीको अहिंसात्मक आन्दोलनको प्रभाव परिमाणाम मुखी बनिरहेको समयमा माउण्टब्याटनले आफूहरु भारतबाट फर्किने मिति सन १९४७ अगष्ट १५ कालागि तय गरेका थिए।

त्यो समयमा भारतको कुल जनसंख्याको २५% मुस्लिम समुदायको थियो। तर अधिकांश जनसंख्या हिन्दूमार्गीहरुको थियो। अरु अल्पसंख्यक रुपमा शिख बौद्धमार्गीहरु र अरु धर्म मान्नेहरु पनि थिए। बेलायतीहरुले भारतीय जनमतलाई बिभाजन गर्न उनीनहरुले मान्ने धर्मलाई नै प्रयोग गरेका थिए।

उदाहरणका लागि उनीहरुले मुसलमान र हिन्दूहरुका लागि अलग अलग मतदाता सूची बनाए। मुसलमान नेताहरुको लागि सिट आरक्षित गरियो। हिन्दूहरुको लागि पनि त्यसै गरियो। धर्म राजनीतिको एउटा मुद्दा बन्न थाल्यो।

यसरी हिन्दू मुस्लिमको बीच ब्रिटिसहरुले नै रोपिदिएकोे बिऊ उम्रिन र झांगिन थाल्यो। भारतले स्वतन्त्रता पाउने नै भयो भन्ने भएपछि भारतीय मुस्लिमहरु आफू हिन्दू बहुमतद्वारा शासित देशमा बस्नुपर्ने भयो भनी चिन्तित बन्न थाले। भारतीय मुस्लिमहरुले छुट्टै मुस्लिम देश बनाउने अभियानमा लागेका नेताहरुलाई समर्थन गर्न लागे।

परिणामस्वरुप भारत र पाकिस्तानले एकै समयमा स्वतन्त्रता पायो। लामो राजनीतिक गतिरोध पछि ब्रिटिसले मुलुकलाई दुई भागमा बिभाजन गर्न सहमति जनायो। भारत माथिको ब्रिटिस शासन सन १९४७ को अगष्ट १५ मा समाप्त भएको हो।

यसको एक दिन पहिले अगष्ट १४ मा पाकिस्तान स्वतन्त्र भएको हो। पंजाब र बंगाल जस्ता भारतका ठूला प्रान्तहरु पनि पाकिस्तान तिरै पर्न गए। स्वतन्त्रता भएको दुई दिनपछि नयाँ अन्तर्राष्ट्रिय सीमाको विस्तृत खाका सार्बजनिक भयो।

पाकिस्तानको इतिहासमा मोहमद अली जिन्नाको नाम बिशेष महत्वपूर्ण छ। यी वकिल, राजनीतिज्ञ र पाकिस्तानका संस्थापक नेता पनि हुन। यीनले सन १९१३ देखि १९४७ अगष्ट १४ सम्म अखिल भारतीय मुस्लिम लिगको नेताको रुपमा काम गरेका थिए।

यसपछि उनले मृत्यु पर्यन्त पाकिस्तानको पहिलो गभर्नर जनरलको रुपमा काम गरे। उनी पाकिस्तानका महान नेता र बाबाये कौम (राष्ट्रपिता) को रुपमा सम्मानित छन्। उनको जन्म २५ डिसेम्बर १८७६ र मृत्यु ११ सेप्टेम्बर १८४७ मा ७१ वर्षको उमेरमा कराचीमा भएको थियो।

पकिस्तान भारतको पश्चिममा अवस्थित एउटा इस्लामिक गणतान्त्रिक देश हो। यहाँको प्रमुख भाषाहरु उर्दू, पंजाबी, सिन्धी, बलुची र पस्तो हुन्। इस्लामाबाद यहाँको राजधानी हो भने कराची र लाहोर महत्वपूर्ण शहरहरु हुन्। पाकिस्तानमा जम्मा चार प्रान्त छन्। पंजाब, सिन्ध, बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तका नामहरु हुन्।

यस देशको जम्मा क्षेत्रफल ३,०७,३७४ बर्ग माइल छ। यस देशमा दुई सदनात्मक प्रणाली छ। माथिल्लो सदन सिनेट र तल्लो सदन राष्ट्रिय सदन हो। कार्यकारी अधिकार प्रधानमन्त्रीमा हुन्छ।

दिल्लीबाट इस्लामाबाद जम्मा ७०० कि.मी. मात्र टाढा छ। उड्डयनको दृष्टिले यो एकदम छोटो यात्रा हो। तैपनि भारतको राजधानीबाट पाकिस्तानको राजधानीसम्म सिधा यात्रा गर्न सम्भव छैन।

सन २००२ मा काठमाडौंमा भएको सार्क राष्ट्रहरुको ११ औं शिखर सम्मेलनमा भाग लिन आउँदा पाकिस्तानका तत्कालीन राष्ट्रपति परवेज मुसफर भारतीय भूभागबाट नभै चिनियाँ आकास प्रयोग गरी काठमाडौंमा ओर्लेका थिए। ७८ बर्ष अघि भएको यो बिभाजनको असर अहिले पनि उस्तै छ।

अहिंसाका पिता मानिने महात्मा गान्धीको हत्या पनि भारत पाकिस्तान बीचको द्वन्द्वकै कारण थियो। बिभाजनको बेला गान्धीले पाकिस्तान पक्षलाई सहानुभूती राख्न थाल्नुभयो। गान्धीका हत्यारा नाथुराम गोड्सेलाई यो मन परेको थिएन। नाथुराम आफैं पनि भारतका प्रभावशाली मानिसमा गनिन्थे।

गान्धी हत्या उनको ब्यक्तिगत स्वार्थ पूर्तीको लागि थिएन भन्ने  कुरा गोपाल गोट्सेद्वारा लिखित “गान्धी हत्या र म” नामक पुस्तकबाट थाहा लाग्छ। गान्धी देश टुक्राउन पर्छ भन्ने पक्षका नभएपनि पाकिस्तान पक्षलाई सहानुभूती राख्नु उहाँको मृत्युको कारण बन्यो।

भारत पाकिस्तानबीचको तनाव संसारकै सबैभन्दा लामो भूराजनीतिक तनाव हो। विभाजनले आधुनिक समयको सबैभन्दा ठूलो खतरा र संकट निम्त्यायो। यो विभानजले भारत पाकिस्तानको सम्बन्ध मात्र बिषाक्त बनाएन कि समग्र दक्षिण एसियाको राजनीतिमा असर पार्‍यो। भारत- पाकिस्तान स्वतन्त्रतापछिको अर्को समस्या कश्मिर हो।

बेलायतले एउटै देशलाई टुक्रा पारेर भारत र पाकिस्तान बनाइ बीचमा काश्मीरको धर्का राखेर छोडिदिए। भारत र पाकिस्तानको बिभाजन भएको २४ बर्षपछि दुईवटा चिरा पुनः तीन चिरामा परिणत भयो। पूर्वी पाकिस्तान सन १९७१ मा नयाँ मुलुकको रुपमा बंगलादेश बन्न गयो।

भारत पाकिस्तानबीच बिभाजन हुँदा कश्मिरलाई त्यसै छोडिएको थियो। कश्मिरलाई पाकिस्तान या भारतमा लैजाने जिम्मा त्यहाँको महाराजालाई नै छोडिएको थियो। काश्मिरी भूभाग पाकिस्तानले दाबी गरेको भएतापनि महाराजले उक्त भूभागलाई भारतमा गाभिदिए।

बिभाजन देखिनै द्वन्द्वरत रहेको दुई देशमा काश्मिरको बिबादले झन् ठूलो द्वन्द्व श्रृजना भइरहेको छ। यस द्वन्द्वले करोडौंलाई सरणार्थी बनाएको छ भने लाखौंलाई मृत्युको मुखमा पुर्‍याइसकेको छ।

भारत-पाकिस्तान द्वन्द्वमा नेपाली गोर्खा फौजले पनि लडेका छन् र ज्यान गुमाएका छन्। द्वन्द्व शुरु भएदेखिनै मेलमिलापको प्रयास पनि हुँदै आएको हो। तर यो प्रयास निरन्तर निष्फल हुँदै आएको छ।

भारत र पाकिस्तान दुबैले आणबिक हतियारको बिकास गर्दै अगाडि बढेका छन्। पाकिस्तानसँग अहिले २००० कि.मि. परसम्म मार हान्न सक्ने आणबिक हतियार छ।

भारतसँग ५००० कि.मि. परसम्म मार हान्न सक्ने आणबिक क्षमता रहेकोछ। आ-आफ्ना प्रतिरक्षा प्रणाली मजबुत बनाउन दुबै मुलुक उत्तिकै लागेका देखिन्छन। द्वन्द्वसँगै बेलाबखत दुवै देशबीच युद्ध पनि भएका छन्।

कारगिल युद्ध

भारत र पाकिस्तान बीच ३ मे देखि २६ जुलाई १९९९ मा कारगिल युद्ध शुरु भएको थियो। यो युद्ध जम्मु काश्मिरको कारगिल जिल्ला र यसै आसपास अन्य ठाउँमा लडिएको थियो। युद्धको फलस्वरुप भारतीयहरुले कारगिल जिल्ला फिर्ता लिन सफल भए। यो युद्ध २ महिना ३ हप्ता दुई दिन लडिएको थियो।

भारत पाक युद्धको बर्तमान अवस्था

भारतले हालै ९ स्थानमा मिसाइल आक्रमण गरेको थियो। पाकिस्तानले भने ६ क्षेत्रको २४ स्थानमा आक्रमण भएको जनाएको छ। भारतीय आक्रमणमा ७ जना नागरिकको मृत्यू भएको र ३५ जना घाइते भएको पाकिस्तानले जनाएको छ।

भारतले ९० जना आतंकवादी मारिएको दाबी गरेको छ। दुवै तर्फको क्षतिको बारे पुष्टि हुन सकेको अवस्था छैन।

भारत पाकिस्तान दुवै देशका प्रमुखहरुले एक अर्कामा निकै कडा चेतावनीहरु दिएका छन्। भारतका प्रधानमंत्रीले एउटा र्‍यालीमा सम्बोधन गर्दै भनेका छन, “हमलाकारी आतंकबादीलाई कल्पना भन्दापनि ठूलो सजाय दिइनेछ।”

बीबीसीसँगको एक अन्तरर्वार्तामा पाकिस्तानका रक्षा मन्त्री ख्वाजा असिफले भनेका छन्, “सिन्धु जलसन्धीसँग सम्बन्धित कुनैपनि कार्यवाहीलाई युद्धको घोषणा मानिनेछ।” भारतले भने सैन्य प्रतिकृया दिइसकेको छ। भारतले यसलाई अप्रेसन सिन्दूरको नाम दिएको छ।

पाकिस्तान पक्षले पनि आफूले कुनै तयारी गर्नुनपर्ने, आफू तयार रहेको जवाफ फर्काएको छ। यसरी दुबै पक्षको क्रिया प्रतिक्रियाको बीच पुनः एकपटक अमेरिकी पहलमा युद्ध स्थगित भएको जानकारी प्राप्त भएको छ।

२०२५ मा भएको १४५ देशहरुको बिश्वब्यापी शैनिक सक्तिको र्‍याकिङ यस्तो छ

भारतीय सेनासँग २२ लाख सैनिक, ४२०१ टयांंक, डेड लाख बख्तरबन्द बाहन, १०० सेल्फ- प्रोपेल्ड आर्टिलरी र ३९७५ तान्ने आर्टिलरी छन् भने मल्टि-ब्यारेल रकेट आर्टिलरी पनि २६४ छ।

जम्मा ८९९ हेलिकप्टरमा ८० लडाकु हेलिकप्टर छन्। १.४२ नौसैनिक, २९३ जहाज, जसमा २ बिमान बाहक जहाज, १३ डिष्ट्रोयर, १४ फ्रिगेट, १८ पनडुब्बी, १८ कोर्वेट युद्धपोत छन्। लजिस्टिकको रुपमा ३११ बिमानस्थल, ५६ बन्दरगाह, ६३ लाख कि.मि. सडक ६५ हजार कि.मि. रेलवे कभरेज छन्।

पाकिस्तानी सेनासँंग १३.११ लाख सैनिक, १.२४ लाख नौसैनिक, ७८ हजार वायु सैनिक र १,३९९ बिमान छन् भने ३२८ लडाकु बिमान छन्। ६४ यातायात बिमान, ४ टयांकर ल्फिट, ३७३ हेलिकप्टरमा ५७ लडाकु हेलिकप्टर छन्।

२६२७ टयांक, १७५ बाहन, ६६२ सेल्फ-प्रोपेल्ड आर्टिलरी, २,६२९ तान्ने आर्टिलरी, ६०० मल्टि–ब्यारेल रकेट आर्टिलरी छन्। पाकिस्तानी सेनासँग १२१ यूद्धपोत जसमा ९ फ्रिगेट, ९ कोर्वेट, ८ पनडुब्बी, ६९ गस्ती जहाज छन्।

लजिस्टिकको रुपमा ३ बन्दरगाहा, ११६ बिमानस्थल, ६० मर्चेन्ट मरिन ल्फिट छन्। २.६४ लाख कि.मि. सडक, ११.९ कि.मि.रेलवे कभरेज छन्।  स्विडेन  थिंक टयांक स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्यूटको २०२४ को प्रतिबेदन अनुसार भारतसँग १७२ र पाकिस्तानसँग १७० आणबिक हतियार छन्।

दुबै देशसँग कति आणबिक हतियार तैनाथ छन् भन्ने चाहिँ प्रष्ट छैन। पाकिस्तानको ध्यान भारतीय प्रतिरक्षाको लागि मात्र हो। भारतको ध्यान लामो दूरीको हतियारहरुको तैनाथीमा पनि केन्द्रित छ, जसले चीनलाई पनि निसानी बनाउन सकोस्।

यसबाहेक यूद्ध प्रयोजकोलागि दुबै देशले ड्रोनहरुको बिकास र आयात पनि गर्दै आएका छन्। अन्तर्राष्ट्रिय शक्तिशाली देशहरुसँग सम्बन्धको दृष्टिले पाकिस्तान अमेरिका र चीन दुबै देशसग नजिक छ भने भारत रुससँग नजिक रहेको देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *