आवासको हकलाई सरकारले सम्मान गर्नुपर्छ: अध्यक्ष राई
बागमती । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधानले सुरक्षित गरेको आवासको हकलाई सम्मान गरिनुपर्ने बताएका छन्।
आज यहाँ हेटौँडा उपमहानगरपालिका–११ सिमलटारस्थित सुकुमवासी बस्तीका स्थानीयसँगको छलफलमा उनले संविधानले सुरक्षित गरेको आवासको हक संरक्षण र सम्मानका लागि सरकारप्रतिको संशय चिर्नुपर्नेमा जोड दिए।
अध्यक्ष राईले सुकुमवासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित बसोबासको सुनिश्चितता गरेर मात्रै बाँकी काम गर्न सरकारलाई सुझाव दिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment