प्रताप दास र दुर्गा खरेलको स्वरमा रहेको ओइ नक्कले सार्वजनिक

काठमाडौँ । गायक प्रताप दास र गायिका दुर्गा खरेलको स्वरमा रहेको नयाँ गीत ‘ओइ नक्कले’ सार्वजनिक गरिएको छ । सुमन पण्डित ‘वैरागी’को शब्द, अर्जुन पोखरेलको सङ्गीतमा रहेको गीतले त्रिकोणात्मक प्रेमकथा भन्छ ।
गीतको भिडियोमा सुशान्त कार्की, प्रियंका कार्की र कविता नेपालीको अभिनय देख्न सकिन्छ। दुई युवती र एक युवकबिचको प्रेम, मनोभावना र द्वन्द्वलाई भिडियोमा चित्रण गरिएको छ।
माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा उत्सव दाहालको छायाङ्कन र कोरियोग्राफी सञ्जय विश्वकर्मा छ ‘द डिभाइन म्युजिक’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
प्रतिक्रिया
Facebook Comment