राजेश पायल र मेलिना राईको स्वरमा ‘साकेला जाउँ’

डिसी नेपाल
३ जेठ २०८२ ११:१०
164
Shares

काठमाडौं । गायक राजेश पायल राई र मेलिना राईको स्वर रहेको ‘साकेला जाउँ’ बोलको गीतको भिडियो रिलिज गरिएको छ।

किरात समूदायको पीतापूर्खाको सम्झना गर्ने, उनीहरुबाट आशिर्वाद लिने र किरात समूदायमा जन्मदेखि मृत्यूसम्म गरिने कर्म वा संस्कार झल्कने खालको गीतमा दक्षिण राईले संगीत भरेका छन् भने गीतको एरेन्जरका रुपमा सागर संसार राई रहेका छन्।

सङ्खुवासभाली किराँत युवाहरुको अगुवाइमा उँभौली पर्वको अवसर पारेर सार्वजनिक गीतको भिडियो छायाँकन गंगाराम राईले गरेका छन्। भिडियो निर्मातामा युवराज राई र सरस्वती राई रहेका छन्।

भिडियो सम्पादन जोन राईले गरेका छन्। गीतको भिडियोमा जोन राई र मनिसा राईको अभिनय देख्न सकिन्छ। किरात समुदायभित्र विभिन्न भाषिक समुदायहरु रहेको र हाल २८ भन्दा बढी भाषिक समुदायहरु रहेको ‘साकेला जाउँ’ गीतका रचनाकार युवराज राईले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *