‘पैसाको बिलौना’ सार्वजनिक
काठमाडाैं। सधैं हामी पैसाको लागि बिलौना गर्छौं। तर अति भएपछि पैसाले पनि बिलौना गर्दो रहेछ भन्ने सन्देश बोकेकाे निकै व्यावसायिक गीत संगीतको माहोलमा एउटा निकै व्यवाहारिक गीत “पैसाको बिलौना” नेपाली सांगीतिक बजारमा आएको छ।
पैसाको कारणले विशेष गरि कागजी नोटबाट हुने बिकृति अनि विसंगतिमा यस गितको रचनाकार एकबहादुर क्षेत्रीले सशक्त ढंगद्वारा कलम चलाएका छन्। यस्ता असुरक्षित नोटको विकल्पको रुपमा विद्युतीय माध्यम जस्तै क्रेडिट तथा डेबिट कार्डलाइ देखाइएकाे छ।
विद्युतीय माध्यमबाट पनि केही लापरबाही हुन सक्ने हुँदा यस गीतका सर्जकले भगवानसँग पैसाको यस्तो स्वच्छ रुपको आशा गर्छन् कि जसबाट कुनै पनि किसिमको अनियमितता नहोस्।
यस चेतनामुलक गीतमा संगीत संयोजन राजु कार्कीले दिएका छन् भने संगीत र गायन डा. आजित घिमिरेले दिएका छन्। यस गीतलाई आर्टीफिसिअल इन्टिलिजेन्सद्वारा नव ढुंगेलले प्रस्तुत गरेका छन् भने त्यसको सम्पादन राजुजंग बस्नेतले गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment