८४ मा एमालेको एकल बहुमत आउन असम्भव छैनः प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने निर्वाचनमा एमालेको एकल बहुमत आउन असम्भव नरहेको बताएका छन्।
सोमबार काठमाडौंमा नेपाल उत्पीडित जातीय मुुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समानुपातिकसहितको विद्यमान परिपाटीबाट साधारणतयाः कुनै एक दलको बहुमत आउन गाह्रो भएपनि एमालेको एकल बहुमत आउन असम्भव नरहेको बताएका हुन्। संविधानमा समानुपातिकको व्यवस्था गरिसकेकाले अहिलेलाई यही प्रणालीभित्रबाट एमालेलाई एकल बहुमतको पार्टीका रुपमा विकसित गर्ने गरि तयारी गर्नुपर्ने उनले बताए।
प्रधानमन्त्री ओलीले विकास र सुशासनको मार्गमा मुलुुकलाई तीव्रताका साथ अघि बढाउन एमाले निर्णायक राष्ट्रिय शक्ति बन्नुु अत्यावश्यक भएको उल्लेख गरे। एमालेले व्यक्तिगत र पार्टीगत स्वार्थ नहेरी देशको सुशासन, स्थिरता, विकास, समृद्धि, राष्ट्रिय स्वाधिनता र अखण्डताका लागि काम गरिहेको उनले बताए।
प्रधानमन्त्री ओलीले विपक्षीहरुले जनतामा आफूहरुविरुद्ध भ्रम फिँजाउन खोजेको उल्लेख गर्दै त्यस्तो भ्रम चिर्न सुदृढ र एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए। उनले कम्युनिष्ट आन्दोलन, पार्टी र देशलाई सफल बनाउन राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर अघि बढ्न पनि आग्रह गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment