ऋतिक रोशर, जुनियर एनटीआर स्टारर ‘वार २’ को टिजर रिलिज
काठमाडौं । यशराज फिल्म्सको जासूसी युनिभर्सको बहुप्रतिक्षित फिल्म वार २ को टिजर रिलिज भएको छ। ऋतिक रोशन अभिनित फिल्म वारको दोस्रो भागमा उनले साउथ सनसनी जुनियर एनटीआरसँग सामना गर्नेछन् जो एक ड्यासिङ फाइटर हुन्।
यो टिजर जुनियर एनटीआरका फ्यानहरूका लागि निर्माताहरूको तर्फबाट उपहार हो किनकि अभिनेताले आज आफ्नो ४२ औं जन्मदिन मनाउँदैछन्। केही दिन अघि ऋतिकले मे २० मा वार २ को बारेमा विशेष घोषणा गरिने घोषणा गरेका थिए।
टिजर जुनियर एनटीआरको गहन संवादबाट सुरु हुन्छ जहाँ उनले लामो समयदेखि कबीर अर्थात् ऋतिकलाई हेरिरहेको बताउँछन् । पहिलो दृश्यबाटै कबीरसँग उसको पुरानो द्वेष छ जसका कारण उनी बदला लिन तत्पर छन् भन्ने स्पष्ट हुन्छ ।
यो १ मिनेट ३४ सेकेन्डको टिजरमा ऋतिक र जुनियर एनटीआरलाई आगो, पानी र हिउँमा लडिरहेको देखाइएको छ। एकअर्कामाथि हावी दुवै कलाकारको लुक धेरै बलियो छ, दुवै आफ्नो शैलीले फ्यानहरूको मन जित्ने तयारीमा छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment