फेरि बढ्यो सुनको मूल्य
काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बुधबारदेखि पहेँलो धातुको मोल निरन्तर बढेको छ।
आज तोलामा एक हजार ७०० ले वृद्धि भएको छ। चाँदी पनि तोलामा ३५ रूपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९१ हजार ५०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी दुई हजार २५ मा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३५५ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment