सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका नासु विष्टविरुद्ध भ्रष्टाचार मुद्दा

डिसी नेपाल
८ जेठ २०८२ १९:५५
304
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा कार्यरत नायव सुब्बा पूर्णसिंह विष्टविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

विष्टले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी डोटीको दिपायल सिलगढी नगरपालिका-५ पुन्नामा रहेको प्रतिष्ठानमा नासु पदमा नियुक्ति लिएको आरोपमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

विष्टले प्रतिष्ठानमा नियुक्ति लिन एसएलसीको नक्कली प्रमाणपत्र पेस गरेको उजुरी अख्तियारमा परेको थियो।

सोही उजुरीको आधारमा अनुसन्धान हुँदा विष्टले भारतको माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश अन्तर्गतको जीएनके इन्टरमिडियट कलेज, कानपुरबाट हाइस्कुल उत्तीर्ण गरेको भनी झुट्टा प्रमाण पत्र पेस गरेको पाइएको अख्तियारको दाबी छ।

विष्टले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेलबाट कार्यालय सहायक (सहायक द्वितीय प्रशासन)पदमा नियुक्ति लिएका थिए। कैद र जरिवाना मागदाबीसहित उनीविरुद्ध बिहीबार विशेष अदालतमा आरोपपत्र दायर भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *