पूर्वराष्ट्रपति भण्डारी आज चीन जाँदै

डिसी नेपाल
१० जेठ २०८२ ६:५४
140
Shares

काठमाडौं। पूर्वराष्ट्रपति विद्या भण्डारी आज उत्तरी छिमेकी देश चीन प्रस्थान गर्दैछिन्। शनिबार राति एयर चाइनाको उडान नम्बर सीजेड ३०६८ बाट ग्वाङ्झाओ हुँदै उनी चीनको राजधानी बेइजिङ जान लागेकी हुन्।

उनी भोलि बिहान विहान ११ः५ बजे राजधानी बेइजिङमा पुग्नेछिन्। पूर्वराष्ट्रपति भण्डारीले दुईवटा महत्वपूर्ण कार्यक्रममा प्रमुख अतिथिका रुपमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम तय भएको छ।

पूर्वराष्ट्रपति भण्डारीले दुईवटा कार्यक्रममा प्रमुख अतिथिको हैसियतमा सम्बोधन गर्नेछिन्।

जसअनुसार चीनका विभिन्न छिमेकी राष्ट्रबाट निम्त्याइएका राजनीतिक दलका प्रतिनिधीबीच हुने सोमवारको संवाद कार्यक्रम र शुक्रबार नागरिकस्तरको अनुभव आदानप्रदान र पारस्परिक सिकाईसम्बन्धी चौथो संवाद कार्यक्रममा गरी दुईवटा कार्यक्रममा प्रमुख अतिथिका हैसियतमा सम्बोधन गर्नेछिन्।

सो क्रममा चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारका उच्च पदस्थ पदाधिकारीका बिचमा उनको भेटघाट हुनेछ। उनको टोलीमा उद्याेग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, नेकपा एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठ, नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सल्लाहकार गोमा देवकोटा, प्रतिनिधिसभा सदस्य देविप्रकाश भट्टचनसहित १४ जनाको टोली हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *